0 COMMENTS

इलाम, २२ कात्तिक ०७४/ फाकफोकथुम गाउँपालिका–१, ठिंगेपुर निवासी २८ बर्षीय अर्जुन लिम्बूको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ ।

मलेसियास्थित जोहोर बारु बातुपहाड शहरस्थित एक फर्निचर कम्पनीमा कार्यरत लिम्बूको कात्तिक १९ गते सुतेकै ठाउँमा हृदयाघातका कारण मृत्यु भएको हो ।

उनको शव सोही स्थानको एक अस्पतालमा राखिएको योगेन घिमिरेले जानकारी दिनुभएको छ । लिम्बूको शवलाई नेपाल पठाउन कम्पनीले पहल शुरू गरेको जानकारी समेत उहाँले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।