0 COMMENTS

गोरखा २१कार्तिक०७४/ सामान्य चिनजानको व्यक्तिको मोटरसाइकलमा लिफ्ट मागेर गन्तब्यतर्फ जाँदै गर्दा माओवादी केन्द्रकी एक उम्मेदवारमाथि आपत आइलागेको छ ।

माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार सुशीला सिम्खडाले लिप्ट मागेको मोटरसाइकल चालकको साथबाट पेस्तोल र ३ राउण्ड गोली भेटिएपछि उनलाई पनि आपत आइलागेको हो ।

गोरखाको आरुघाट गाउँपालिकाबाट भीमसेन गाउँपालिकातर्फ ७३प ३३८६ मोटरसाइकलमा सिंखडा जाँदै गर्दा मोटरसाइकल धावामा प्रहरी चेकिङमा परेको थियो । चेकिङ थाहा पाएसँगै चालक आफूले बोकेको झोला छाडेर भाग्न सफल भएका थिए । त्यसपछि प्रहरीले झोला खानतलासी गर्दा ९–एमएम पेस्तोल र ३ थान गोली फेला पारेको हो । सोलगत्तै सिंखडालाई प्रहरीले नियन्त्रणमा लिएपनि वास्तविकता बुझेर सामान्य सोधपुछपछि छाडेको माओवादी केन्द्र गोरखाका इन्चार्ज चूडामणि खड्काले जानकारी दिए ।जिल्ला प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले फरार भिमसेन ४ का गुणप्रसाद खनाल भएको बताए । प्रहरीले फराको खोजीकार्य भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।