काठमाण्डाै २१कार्तिक०७४/बाघको मासु र हड्डी भनि खरिद बिक्री गर्न बोकी ल्याएको अवस्थामा बारा कोहल्वी नगर पलिका वडा नं.-८ नयाँबस्ती बस्ने बर्ष ६६ को भरत महतो कुसुवाह लार्इ अपराध अनुसन्धान तथा रोकथामको लागि केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले हड्डी १ किलोग्राम र मासु १/२ किलोग्राम सहित कार्तिक २० गते बारा, कोहल्वी न.पा. वडा नं. -८ मधुवनबाट पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय, बारामा बुझाईएको छ ।
पक्राउ परेका भरत महतो कुसुवाह लार्इ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) को कसुर । दण्ड सजाय : गैरकानूनी तरिकाले संरक्षित वन्यजन्तु बाघ मार्ने, आखेटोपहार राख्ने, खरिद बिक्री गर्ने वा ओसार पोसार गरेकाे ठहर भएमा पाँच लाखदेखि दश लाख रूपैयाँसम्म जरिवाना वा ५ बर्षदेखि १५ वर्ष सम्म कैद वा दुवै सजाय हुने कानूनी प्रवधान रहेको छ ।