0 COMMENTS

काठमाडौँ २१ कार्तिक २०७४। सस्तोमा किनेर महंगोमा सामान बिक्री गरेको आरोपमा प्रहरीले दरबारमार्ग क्षेत्रका ब्रान्डेड पसलका कर्मचारीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

अनुसन्धानको क्रममा केही रोचक तथ्य फेलापरेका छन्। उक्त प्रकरणको सुरुवात तत्कालीन आपूर्तिमन्त्री शिवकुमार मण्डलकी छोरीबाट सुरु भएको रहेछ । उनकी छोरी जुत्ता किन्न दरबारमार्गस्थित बेन्टले पुगेकी रहिछिन्। उनले त्यहाँको सबैभन्दा महंगो जुत्ता रोजिन्। आखिर मन्त्रीकी छोरी न परिन्।

सस्तो जुत्तामा कहाँ आँखा जान्थ्यो र ? उनले रोजेको जुत्ताको मोल सोध्दा २८ हजार रुपैयाँ भन्यो। उक्त जुत्ता किन्न उनले बुबासँग पैसा मागिन् । त्यसपछि मण्डल जुत्ताको मूल्य सुनेर अचम्ममा परे। ब्राण्डेड जुत्ताको मूल्य उनलाई थाहा थिएन । सोही कारण दरबारमार्गमा साह्रै महंगो ठानेर उनले आफैँ आएर छापा हानेको रहस्य खुलेको छ।

गल्ती पत्ता लगाएर कारबाही गर्ने भन्दा पनि दुःख दिने नियतले मन्त्री मण्डलले छापा हानेको भन्दै व्यवसायीहरुले त्यसको विरोध गरिरहेका छन् । अनुसन्धानमा आबद्ध एक अधिकारीका अनुसार छोरीले महंगो जुत्ता किन्न लागेपछि त्यसैको रिसमा मन्त्रीले दरबारमार्गभरिका पसलमा छापा हानेको खुलेको छ।

अनुसन्धानमा गोलचक्कर
महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार ८ वटा पसलका १० जना प्रवन्धकलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेहरुमा ‘वाच एण्ड सि’ का राजेश्वर श्रेष्ठ, तिरुपती लिबर्टीका नन्द बिहानी, लेवल्स स्टोर प्रालिका जितेन्द्र महर्जन र सुवास महर्जन, एडभेन्चर आउटडोर गियर कम्पनीका रोशन ओडारी छन्। दृष्टि साप्ताहिकका खबर छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।