0 COMMENTS

ललितपुर २१,कार्तिक०७४/ ललितपुर ट्राफिक प्रहरीले मंगलबार बिहान गरेको आकस्मिक चेकिङ्गमा १०३ जना विद्यार्थी कारवाहीमा परेका छन् । सवारी दुर्घटनामा विद्यार्थीको बढ्दो संख्या नियन्त्रण गर्न महाशाखाका प्रमुख सर्वेन्द्र खनालको निर्देशन बमोजिम मंगलबार विद्यार्थी केन्द्रित गरेर ललितपुरको मानभवन र कुमारीपाटी क्षेत्रमा बिहान एक घन्टा आकस्मिक चेकिङ गरेको थियो ।

जसमा कलेज हिँडेका २ सय विद्यार्थीसँग सवारी चालक अनुमति पत्र माग्दा १०३ सँग चालक अनुमति पत्र नभएको फेला परेको थियो। महाशाखा प्रमुख खनालका अनुसार सवारी दुर्घटनामा मृत्यु हुने र घाइते हुनेहरुमा विद्यार्थीको संख्या बढी देखिएपछि उनीहरुलाई केन्द्रित गरी विशेष कारबाही शुरू गरिएको हो।

मंगलबार बिहान ललितपुरको मानभवन, कुमारीपाटी र जावलाखेल क्षेत्रबाट ट्राफिक प्रहरीले विना कागजपत्र चलाउने, तिब्र गतिमा कुदाँउने, स्पस्ट नम्बर प्लेट नभएका, स्वरूप परिवर्तन गरेर बाइक चलाउनेलाई नियन्त्रणमा लिएको ललितपुर ट्राफिक प्रहरीका प्रमुख सिताराम हाथेछुले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।