0 COMMENTS

काठमाण्डाै २० कात्तिक  २०७४ / उपप्रधान तथा बिना विभागीय मन्त्री कृष्णबहादुर महराले देशको समृद्धिका लागि प्राविधिक शिक्षा जरुरी रहेको बताएका छन् ।

उपप्रधान मन्त्री महराले रोल्पाको लिवाङमा निर्मित रोल्पा पोलिटेक्निकल इन्स्टिच्यूटको आज उद्घाटन गर्दै देश विकास अभियानमा प्राविधिक जनशक्तिको खाँचो रहने बताए ।

उपप्रधानमन्त्री महराले भने, “रोल्पामा सञ्चालनमा रहेको प्राविधिक शिक्षालयमा देशकै उत्कृष्ट र नमूना बनाउनुपर्छ ।”
आफू निर्वाचनको क्रममा दाङ पुगे पनि रोल्पा नछोडेको बताए। रोल्पा प्राविधिक शिक्षालय आफ्नो परिकल्पना भएकाले यसको विकासका लागि निरन्तररुपमा लागिरहने उनले बताए ।

पोलिटेक्निकल इन्स्टिच्यूटमा अध्ययनरत विद्यार्थीलाई पढाउँदै महराले शिक्षालय उद्घाटन गरेका हुन् । नेपालको नक्सामा विकासको खाका तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई नक्सांकन गर्दै महराले करिब १५ मिनेट विद्यार्थीलाई पढाउनुभएको थियो ।उपप्रधानमन्त्री महरा आफैँले दान गरेको करिब ३५ रोपनी क्षेत्रफल जग्गामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा सञ्चालित सो पोलिटेक्निकल इन्स्टिच्यूटमा हाल पशु विज्ञानतर्फ डिप्लोमा तहमा पठनपाठन शुरु भएको छ ।शिक्षालयमा आगामी दिनमा वन विज्ञान, स्वास्थ्य, निर्माण तथा कृषि विषयको समेत पठनपाठन गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।