0 COMMENTS

काठमाडौं २०कार्तिक०७४/पूर्वराष्ट्रपति रामबरण यादवकाे घरभाडा नेपाल सरकारले नतिरेकाे भन्दै घरबेटिले घर खाली गर्नभनी १५ दिने सुचना पत्रिकामा प्रकाशन गरेकाे छ ।पूर्वराष्ट्रपति रामबरण यादव ललितपुर- ४ स्थित बागडोलमा रहेको रविभक्त विष्टको घरमा भाडा तिरेर बस्दै आएका थीए । 

सरकारले गत साउन महिनादेखि पूर्वराष्ट्रपतिले आवासको भाडा नतिरेको भन्दै घरबेटीले १५ दिनभित्र घर खाली गरिदिन सोमबार पत्रिकामा सूचना जारी गरेका छन् । घरबेटी विष्टले सोमबार एउटा राष्ट्रिय दैनिक पत्रिकाको पाँचौं पृष्ठमा घर खाली गर्नेबारे सूचना जारी गर्दै पूर्वराष्ट्रपतिलाई १५ दिनभित्र भाडा तिरेर घर खाली गरिदिन भनेका छन् । यादवले साउनदेखि राष्ट्रपति कार्यालय र पूर्वराष्टपछि यादवले आफ्नो घरको विजुलीको बिल र घरभाडा नतिरेको विष्टले गुनासो गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।