0 COMMENTS

काठमाडौं २०कार्तिक०७४/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालमाथि अकुत सम्पत्ति आर्जनको अभियोगमा अनुसन्धान सुरु गरेको छ । पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले अर्याललाई १३ पानाको फारम भराएको हो ।

अख्तियारले अर्याल महानिरीक्षक हुँदा गाडी तथा प्रहरीको कपडा खरिदमा अनियमितता गरेको आरोपमा पूर्व प्रहरी प्रमुख अर्यालमाथि अख्तियारले बयान लिएको जनाइएको छ । सम्पत्ति मूल्यांकन तथा अनुसन्धान सम्बन्धि अख्तियारको निर्देशिका अनुसार अकुत सम्पत्ति आर्जन गर्ने व्यक्तिलाई अख्तियारले १३ पाने भराएको छ ।

चार खण्ड हुने १३ पानेको खण्ड १ मा व्यक्तिगत र पारिवारिक विवरण हुने र खण्ड २ मा सार्वजनिक पद धारण गरेको विवरण, खण्ड ३ मा अचल सम्पत्तिको विवरण र खण्ड ४ मा चल सम्पत्तिको विवरण हुने आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिनुभयो । अर्यालले आर्जन गरेको सम्पत्ति अस्वाभाविक देखिएकाले १३ पाने विवरण भराएर बयान लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।