0 COMMENTS

भद्रपुर, २० कात्तिक ०७४/ लोकतन्त्र संकटमा पर्न लागेको ठहर गर्दै बुद्धिजीवीको आइतबार भएको एक भेलाले आसन्न निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन झापावासीलाई अपिल गरेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अभियानमा निरंकुशता हावी हुने गरी गठबन्धन हुँदा लोकतन्त्र संकटमा पर्ने ठहरसहित नेपाली काँग्रेसको पक्षमा मतदान गर्न झापावासीलाई अपिल गरिएको हो ।

डेमोक्रेटिक लयर एसोसिएसन झापाको समन्वयमा चन्द्रगढीमा सम्पन्न प्राध्यापक, वकिल, निजामती कर्मचारी, पत्रकार, शिक्षक लगायतका पेशागत प्रतिनिधिले नेपाली काँग्रेस पराजित भए लोकतान्त्रिक व्यवस्था संकटमा पर्ने ठहर गरेका हुन् ।

बुद्धिजीवी पेशाकर्मीको संयुक्त भेलाले जनताको सार्वभौम अधिकार अमुक शक्ति निर्माणमा दुरुपयोग भए जनताले नै दुःख पाउने हुँदा सचेत हुन सबैमा अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।