0 COMMENTS

हेटौँडा, १९ कात्तिक ०७४/ उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापाले राष्ट्रको स्वाधीनताका साथै प्रेश स्वतन्त्रता र प्रजातान्त्रिक सुदृढीकरणका लागि लोकतान्त्रिक गठबन्धनलाई निर्वाचित गराउनुपर्ने बताउनुभएको छ ।

आज मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ मा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक गठबन्धनलाई जिताउन मतदातालाई आग्रह गर्नुभयो । लोकतान्त्रिक गठबन्धन कुनै दल वा समूहको विरुद्धमा नभएको मन्त्री थापाले बताउनुभयो ।

देशमा बढ्दै गएको गरिबी र बेरोजगारीलाई संयुक्तरुपमा उन्मूलन गर्नु आजको आवश्यकता भएको मन्त्री थापाको भनाइ थियो ।कार्यक्रममा राप्रपाका केन्द्रीय उपाध्यक्ष बुद्धिमान तामाङ, काँग्रेस मकवानपुरका नेता रामचन्द्र अर्याललगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।