0 COMMENTS

इलाम, १९ कात्तिक०७४/ नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम गठबन्धनले मात्र मुलुकको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र अखण्डताको रक्षा गर्ने बताउनुभएको छ ।

इलामको माई नगरपालिकामा आज भएको नगरस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्नुहुँदै खनालले कुनै स्वार्थका लागि नभई राष्ट्रिय हितका लागि बामगठबन्धन गरिएको बताउनुभयो ।

उहाँले मुलुकको समृद्धिका लागि वाम गठबन्धनको विकल्प नभएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “भारतले सीमा मिचेको अवस्थामा सीमा रक्षाका लागि लोकतन्त्र जोगाउने एक मात्र शक्ति वामपन्थीहरू भएकाले, आर्थिक रूपान्तरण, नेपाली संस्कृति जोगाउन समान अन्तर्राष्ट्रिय सम्बन्धकालागि वाम गठबन्धन गरिएको हो ।”

खनालले वाम गठबन्धनको उद्देश्य सर्वोपरि समाजवादको अन्तिम लक्ष्यमा पुग्नका लागि भएकाले वामशक्तिहरूले अब नेपाललाई समृद्धिको शिखरमा पु¥याउनेमा विश्वस्त रहेको बताउनुभयो । प्रदेश सभातर्फ इलाम क्षेत्र नं १ को (ख) का उम्मेदवार काजीमान कागतेले वाम गठबन्धन समयको माग भएकाले विकास र समृद्धिका लागि आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।
निर्वाचन परिचालन समिति संयोजक चित्रकला बराइलीको अध्यक्षतामा भएको कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई, जिल्लास्तरीय संयुक्त निर्वाचन परिचालन समिति सदस्य छविराज राई र माओवादी केन्द्र सचिवालय सदस्य प्रविण तिम्सिनाले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।