0 COMMENTS

काठमाडौं १८ कात्तिक०७४/ काठमाडौं ४ का कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाले चुनावी अभियान सुरु गरेका छन् । प्रदेशसभामा उम्मेदवार रहनु भएका नरोत्तम बैद्य र साधुराम खड्कासहित थापाले चावहिलबाट चुनावी अभियान थालेका हुन् । चार वर्षमा अन्य सांसदहरुको तुलनामा आफुले काम गरेको बताए । आफ्नो कार्यकालमा धेरै गर्न खोनेपनि गर्न नसकेकोमा क्षमा माग्दै मतदातासामु पुगेका हुन् ।

चुनावी प्रतिपर्धामा रहेका एमाले नेता डा. राजन भट्टराईलाई सालिन युवा भन्दै गगनले आफ्ना कुरा राख्न आग्रह गरे । सांसदमा नभएका व्यक्तिले चार वर्ष गगन थापाले के गर्‍यो भन्न मील्छ तर  एउटै क्षेत्रबाट समानुपातिक संसदमा  प्रतीनिधित्व गर्दै  चार बर्ष  सँगै  सहकर्मी रहेका एमालेका उम्मेदवार डा. राजन भट्टराईले भने यस्ताे कुरा गर्न अली  नमिल्ने तर्क ब्यक्त  गरे ।

उनले आफुले चार बर्ष सम्म के गर्याे  भन्ने हरूलाइ जवाफ दिदै  अाफुले गरेकाे बीकाश याेजना,बाटाे घाटाे निर्माण मन्दिर जिर्णाेधार,कपनमा खानेपानकाे ब्यवस्था, देखी बाल बालीकाहरू लाइ खेल्नका लागी पार्क नीर्माण, धाेबीखाेला काेरीडाेरमा कार्य सुचारू भइरहेकाे देखी  गतसंबिधान सभामा अाफुलाइ क्षेत्र नं ४ का जनताले  संवीधान निर्माणका लागी  भनेर अाफ्नाे अमुल्य मत जाहेर गरेर भारीमतका साथ बीजय गराएर पठाउनु भएकाेले अाफुले संविधानका बुदाहरू  निर्माणमा पनी  उल्लेखनीय भुमिका खेलेकाे कुरा उपस्थित माझ राख्नु भयकाे थीयाे ।  

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।