0 COMMENTS

काठमाडौं १८ कात्तिक०७४/ नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएको छ । तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका जोशीको भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेजको निर्णय गरेको हो ।

कांग्रेसले टिकट नदिएपछि पूर्वगृहमन्त्री समेत रहनुभएका जोशीले प्रतिनिधिसभा सदस्यका लागि तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । तर, जोशीविरुद्ध कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले उजुरी दिनुभयो ।

जोशीविरुद्ध परेको उजुरीका सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले आयोगबाट निर्देशन मागेको थियो । आयोगले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी व्यवस्था भएको भन्दै जोशीको उम्मेदवारी बदर गर्न निर्देशन दिएको छ ।
जोशीको उम्मेदवारी खारेज भएको आयोगका प्रवक्ता नवराज ढकालले पुष्टि गर्नुभयो ।आयोगको यो निर्णयसँगै कांग्रेस वरिष्ठ नेता समेत रहेका रामचन्द्र पौडेललाई राहत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।