0 COMMENTS

पाेखरा,१८कार्तिक०७४/   पोखराको सिद्धार्थचोकबाट शुक्रवार साँझ प्रहरीले तीन भारतीय सुटरसहित एक नेपालीलाई पक्राउ गरेको छ।

सिद्धार्थचोकस्थित एक पसलमा किनमेल गर्दै गरेको बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।विभिन्न अपराधमा संग्लग्न भएको सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिए।

उनले भने,‘अहिले हामीले आवश्यक अनुसन्धान गरिरहेका छौं, थप तथ्य तत्कालै सार्वजनिक गर्छौं।’प्रहरीका अनुसार पक्राउ परेका तीन भारतीय हप्ता असुलीदेखि हत्यासम्मका आरोपमा मुद्दा खेपिरहेका व्यक्ति हुन्।

उनीहरु आधादर्जन भन्दा धेरैै हत्या र दुई दर्जन भन्दा धेरै असुलीका मुद्दाका आरोपित रहेको प्रहरी दाबी छ।भारतको राजस्थान प्रहरीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई उनीहरुको बारेमा जानकारी गराएर खोजी गरिदिन आग्रह गरेपछि नेपाल प्रहरीले उनीहरुको खोजी गर्दै आएको थियो।प्रहरीले उनीहरुसँगै एक जना नेपालीलाई पनि पक्राउ गरेको छ। तर प्रहरीले नेपाली र भारतीय कसैको पनि परिचय खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।