0 COMMENTS

काठमाडौँ, १८ कात्तिक ०७४/ गोकर्णेश्वर नगरपालिकाले सडक विभागसँग गरेको सम्झौताअनुरुप जोरपाटी–सुन्दरीजल जोरपाटी खण्डमा सडक मर्मत शुरु भएको छ ।

सरकारसँग मेलम्ची खानेपानी आयोजनाले जोरपाटी–सुन्दरीजल सडक मर्मत र आवश्यकता अनुरुप विस्तार गर्ने सम्झौता गरेको थियो । आयोजनाले सम्झौता कार्यान्वयन नगर्दा सडक दैनिक प्रयोग गर्ने गागलफेदी, आलापोट, भद्रवास, सुन्दरीजल, नयाँपाटी, बालुवा, गोकर्ण र जोरपाटीका हजारौंँ नागरिकले सास्ती खेप्नु परिरहेको छ ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले हजारौं नागरिकको समस्यालाई समाधान गर्न बाटो मर्मतलाई उच्च प्राथमिकतामा राखी शुक्रबारदेखि काम शुरु गरिएको बताउनुभयो ।

सडक मर्मत कार्यको अनुगमन गरिरहनुभएकी नगर उपप्रमुख शान्ति नेपालले सडक मर्मतले नागरिकको दैनिक समस्या समाधान गर्न कामलाई छिट्टै सम्पन्न गरिने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।