0 COMMENTS

 काठमाडौं१८, कात्तिक  २०७४/बागी उम्मेदवार बनेका नेताहरूको चहलपहलले प्रमुख राजीतिक दलहरू समस्यामा परेका छन्। बागीहरूको उममेदवारी फिर्ता गराउन दलहरू फकाउने, प्रलोभन देखाउनेदेखि कारबाहीसम्मको तयारी थालेका छन्। टिकट वितरणप्रति असन्तुष्ट नेता तथा कार्यकर्ताले आफ्नै पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराएपछि समस्या बढेको छ। प्रमुख राजनीतिक दल कांग्रेस, एमाले, राप्रपा, वाम गठबन्धन, राजपा, संघीय समाजवादी फोरमलगायत दलका आधिकारिक उममेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ।

दलहरूले आधिकारिक उम्मेदवारविरुद्ध प्रतिस्पर्धामा उत्रिएका नेता कार्यकर्ता फकाउन राष्ट्रियसभा, योजना आयोगसहित आकर्षक सरकारी पदमा नियुक्तिको प्रलोभन दिन थालेका छन्। उम्मेदवारी फिर्ता नलिएको अवस्थामा कडा कारबाहीसम्मको चेतावनी दलहरूले दिइरहेका छन्। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, फोरमका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका नेता हरिबोल गजुरेललगायत जिल्ला जिल्लामा नेताहरूविरुद्ध बागी उम्मेदवारी परेको छ। कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले बागी उम्मेदवारी दिएकाहरूलाई फर्काउन जिल्लासहित केन्द्रीय कमिटीले पहल गरिरहेको बताए। लोकतन्त्रको रक्षाका लागि पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउने अभियानमा जुट्न आग्रह गर्दै उम्मेदवारी फिर्ताको प्रयास भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।