0 COMMENTS

काठमाण्डाै१७ कार्तिक०७४/  काठमाडौं बाट आफ्नो पहिलो उम्मेदवारी मनोनयन दर्ता गरायका काठमाडौं  क्षेत्र नम्बर तिनका युवा उम्मेदवार हरेराम तिमिल्सिनाले (बिजय) आफ्नो उम्मेदवारी कुनै पनि पाटीका उम्मेदवारहरु जनताका रोजाईमा नपरेकाले जनताकै हौसला र साथ सहित आफुले स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो ।

युवाहरुको ढुकढुकि बन्दै वैदेशिक रोजगारमा बिदेशिने युवाहरुलाई देशमै रोजगारी सिर्जना गर्न पनि आफुले स्वतन्त्र बाट उम्मेदवारी दिएको र सधै एउटै अनुहार र उहीँ पुरानै सिन्को सम्म पनि भाच्न नसक्न उम्मेदवारलाई भोट दिदा दिदा वाक्क भएका जनताहरुको म नै भरपर्दो उम्मेदवार भएकाले पनि मेरो उम्मेदवारी आवश्यक परेको कुरा समाजको आवाज संगको कुराकानीमा बताउनुभयो ।

दल दलगत कार्यकर्ताहरुको सखालाई चिर्दै आफू कुनै पनि पाटीको डमि उम्मेदवार नभएको र कसैको दबाबमा उम्मेदवारी फिर्ता नलिने उनको अडान छ । प्रतिस्पर्धी उम्मेदवारका भन्दा आफ्नो योजनाहरु जनपृय भएकाले आफू दलका उम्मेदवारहरु भन्दा बलियो भएको उनको अड्कल छ । बिगतका निर्वाचनमा मतदान गरेर अधिकार सुम्पिएका उम्मेदवारहरुले भाषण मै मात्र आफ्ना योजनाहरु सिमित राखेका गुनासोहरुको प्रतिनिधित्वको बिकल्पका रुपमा मलाई जनताले लिएक छ्न । यसैले पनि जनताको रोजाईमा आफू परेकाले आफ्नो उम्मेदवारी प्रती उनी विस्वस छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।