0 COMMENTS
-डा.सुरेन्द्र सिटाैला

यो एक्काइसौ शताब्दी हो ,
सबै कुरा याहा बदलिएको छ ।
याहाको समाज र सभ्यता बदलिएको छ ,
नबदलिनु पर्ने ,
मानबताको परिभाषा बदलिएर ,
राजनीती समाजमा ,
बिछिप्त बर्णसन्कर भएर जन्मिएको छ ।

त्यसैले मैले पनि अब ,
समय संगै बदलिनु पर्छ ।
राजनीती दर्शनको आस्था ,
लिलाम बडाबडमा बेचेर ,
कमाएको नाफाले ,
फुर्ती संग ,
आफ्नै अभिमानको महल सजाउनु पर्छ ।

देश मुक्तिको लागि ,
लामो राजनीती गर्दा गर्दा ,
म अब धेरै थाके पनि ,
नथाके जस्तो गरि ,
मैले सकारेको ,
नया राजनैतिक आस्था ,
सुरछित हुने ठाउँ खोज्नुपर्छ ।
ढिलो नगरी मैले अब ,
नया पार्टी प्रवेश गर्नु पर्छ ।

राजनैतिक जीबनको ,
सङ्गीन मोड हरुमा ।
संघर्षका फरक चौतारी हरुमा ।
मृत्यु लाई धेरै पटक छक्याउदै ,
आस्थाको सुन्दर बार्दलीमा बसेर ,
त्याग र समर्पणका कथाहरु गुनगुनाउदै ।
बर्षौ संगै हिड्ने साथी हरु ,
मैले जस्तो ,
गन्तब्यको सजिलो गोरेटो ,
पहिल्याउन नजान्दा ,
धेरै पछि छुटी सकेछन ।
देख्ता देख्तै हामी जस्तै ,
हाम्रा बिरोधी हरुले ,
राज्य हत्याउने ,
अनि ,
ढिकुटी रित्याउने हाम्रो अवसर ,
हामी बाट लुटि सकेछन ।

त्यसैले म अब ,
मेरा साथीहरू भन्दा बाठो हुनु पर्छ ।
मेरो महान इच्छा पूरा गर्न ,
जसले जतिसुकै कुरा काटे पनि ,
मैले नया पार्टीमा ,
प्रबेश गर्नु पर्छ ।

राजनीतिको धर्म हुदैन ,
पसिनाको कमाइले ,
अब मलाई पुग्दैन ।
जनताले मलाई सुम्पेको ,
राजनैतिक आस्था ,
बिरोधि सखाप पार्ने होडमा ,
निकै पहिले नै बेची सके ।
अब अझै ढिलो गरे ,
आफ्नै भबिष्यको अवसान हुने ,
प्रष्ट लछ्यण ,
म आफैले देखि सके ।

मेरो मनले भन्छ ,
जे त पर्ला ,
अब मैले जीबनमा हार्नु हुदैन।
बाकी राजनीति सुरछित गर्न ,
कथित आस्थाको बलियो जन्जीरले बाधिएर ,
आफुले आफैलाइ ,
अप्थ्यारोमा पार्नु हुदैन ।
त्यसैले मैले अब ,
नया नेपाल बनाउने
क्रान्तिकारी भाषणको कनिका ,
फेरि सबै जनताको घर आगनमा ,
ढिलो नगरी छर्नु पर्छ ।
राजनिती जोगाउनकै लागि भए पनि ,
मैले नया पार्टी प्रबेश गर्नु पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।