0 COMMENTS

काठमाण्डाै१७कार्तिक०७४/ नयाँ संविधान बनेपछिको पहिलो प्रतिनिधिसभा तथा प्रदेश संरचनामा हुन लागेको पहिलो प्रदेशसभा चुनावमा शीर्ष नेताबीचको भिडन्त समेत भइरहेको छ, शीर्ष नेतालाई बागीको चुनौती समेत छ ।

यस चुनावमा देखिएका पाँच रोचक पक्ष :

‘हाई प्रोफाइललाई बागीको चिन्ता’
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडलविरुद्ध पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले उम्मेदवारी दर्ता गर्नुभएको छ । तनहुँ १ बाट टिकटको दाबी गर्नुभएको जोशीलाई संसदीय बोर्डले टिकट नदिएपछि बागी उम्मेदवारी दर्ता गर्नुभएको हो ।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरविरुद्ध पनि महोत्तरी ३ मा बागी उम्मेदवारी दर्ता भएको छ । दोस्रो संविधानसभामा काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिई विजयी चन्द्रेश्वर झाले ठाकुरविरुद्ध उम्मेदवारी दर्ता गर्नुभएको हो । स्थानीय चुनावअघि झा राजपा नेपालमा प्रवेश गर्नुभएको थियो ।
फोरमका अध्यक्ष उपेन्द्र यादवविरुद्ध पनि राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले बागी उम्मेदवारी दिनुभएको छ । राजपाकै सहयोगमा सप्तरी २ मा यादव उम्मेदवार बन्नुभएको हो ।

सङ्घीय समाजवादी फोरमले टिकट नदिएपछि बबन सिंह रौतहट १ मा बागी उम्मेदवार बन्नु भएको छ । ०६४ को संविधानसभा सदस्य निर्वाचनमा पनि सिंहले स्वतन्त्र उम्मेदवारी दिई विजयी हुनुभएको थियो ।
सिन्धुलीमा गणेश पहाडीविरुद्ध एमालेकै कुमारबहादुर कार्की र माओवादीका हरिबोल गजुरेलविरुद्ध माओवादी केन्द्रकै रामकुमार पौडेलले उम्मेदवारी दिएका छन् ।

एमालेको ओतमा हृदयेश
एमालेको चुनाव चिह्नमा चुनाव लड्नेगरी सहकार्य गरेका राजपा नेता हृदयेश त्रिपाठी नवलपरासी १ मा उम्मेदवार बन्नुभएको छ । वाम राजनीति हुँदै मधेसी राजनीतिमा सक्रिय त्रिपाठी एमालेको चुनाव चिह्नमा चुनाव लड्न लाग्नुभएको हो । तत्कालीन तमलोपाका संसदीय दलका नेता वृजेश गुप्ता पनि एमालेकै चुनाव चिह्नमा उम्मेदवार बन्नुभएको छ । गुप्ता कपिलवस्तु २ बाट उम्मेदवार बन्नुभएको छ ।

विजुक्छेको ब्रेक
२०४८ सालदेखि भक्तपुरमा नियमित रूपमा चुनाव लड्दै आउनुभएका नारायणमान विजुक्छेको प्रत्यक्ष चुनावी यात्रामा यस पटक ब्रेक लागेको छ । ५ पटकसम्म भक्तपुरमा जनप्रतिनिधि बन्नुभएका बिजुक्छेले यस पटक प्रत्यक्ष चुनावमा मनोनयन नगर्नु भएको हो । भक्तपुर १ बाट बिजुक्छेको स्थानमा निवर्तमान सांसद प्रेम सुवालले मनोनयन गर्नुभएको छ । , यो खबर आजकोगोरखापत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।