0 COMMENTS

अछाम, १६ कात्तिक ०७४/ दुई प्रतिनिधिसभा र छ प्रदेशसभाका लागि वाम गठबन्धन तथा लोकतान्त्रिक गठबन्धनसहित अन्य साना दलले गरी २३ जनाले मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ता गराएकामा प्रतिनिधिसभातर्फ क्षेत्र नंं १ मा वाम गठबन्धनबाट नेकपा (एमाले)का भीमबहादुर रावल, नेपाली काँग्रेसबाट भरतकुमार स्वाँर र देशभक्त जनगणतान्त्रिक मोर्चा(देजमो)बाट शिवसुन्दर शाहीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यस्तै क्षेत्र नंं २ मा वाम गठबन्धनबाट प्रतिनिधिसभामा एमालेका यज्ञ बोगटी, काँग्रेसबाट पुष्पबहादुर शाह, नेमकिपाबाट झंकर शाही र नयाँ शक्ति पार्टीबाट तीर्थराज ढकालले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै प्रदेशसभातर्फ क्षेत्र नंं १ (क)मा वाम गठबन्धनबाट एमालेका गोविन्द कुँवर, काँग्रेसबाट मेघराज खड्का, राप्रपा(प्रजातान्त्रिक)बाट भक्तबहादुर कुँवरले मनोनयन दर्ता गराएका छन् । १ (ख) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका झपट बोहरा, काँग्रेसका टेकबहादुर साउद, राप्रपा(प्रजातान्त्रिक)का जनककुमार शाह र देजमोबाट कृष्णबहादुर खत्रीले मनोनयन दर्ता गराउनुभएको छ ।

यसैगरी प्रदेशसभातर्फ क्षेत्र नम्बर २ (क)मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अक्कल रावल, काँग्रेसका सुरतबहादुर विष्ट, राप्रपा(प्रजातान्त्रिक)का रामबहादुर चलाउने क्षत्री र नेमकिपाका पदमबहादुर बुढाले मनोनयन दर्ता गराउनुभएएको छ ।

यसैगरी क्षेत्र नंं २ (ख)बाट वाम गठबन्धनबाट एमालेका बलबहादुर सोडारी, काँग्रेसका बलबहादुर कुँवर र राप्रपा(प्रजातान्त्रिक)का भरतकुमार शाहीले उम्मेदवारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।