काठमाण्डाै १६कार्तिक०७४/ काठमाडौँ क्षेत्र नम्बर ४ काे प्रतीनीधी सभामा कांग्रेसका गगन थापा र क्षेत्र नं ४ प्रदेस सभा २ मा साधुराम खड्काे उमेदवारी दर्ता भएकाे छ ।नेपाली काङ्ग्रेसका प्रभावशाली तथा युवा नेताका गगनकुमार थापा गत संसदिय सदस्यकाे निर्वाचनमा अन्य प्रतीस्पर्धी दलहरू भन्दा दाेबर मतले निर्वाचीत भइ सफलताका साथ स्वास्थ मन्त्रालय संहालेकाे समेत अनुभव रहेकाे छ ।कुनै पनि विषयमा आफ्नो स्पष्ट दृष्टिकोण राख्न सक्ने नेताका रुपमा चिनिएका थापा तत्कालिन शाही शासन विरुद्ध राजनीतिक दलहरुले गरेको प्रतिगमन विरुद्धको जनआन्दोलनका एक नायक थिए।
३० बर्षे पञ्चायत विरुद्ध २०४६ सालमा भएको आन्दोलनमा स्कुले विद्यार्थीकै हैसियतमा आन्दोलनमा निस्किएका थापा त्यसयता राजनीतिमा झुकाव राख्दै आएका थिए। विद्यालय पढ्दैदेखि नेपाली काँग्रेसको भतृसंस्था नेविसंघमा आवद्ध थापा उच्च शिक्षा अध्ययनका क्रममा क्याम्पसमा पढ्दा पनि नेविसंघको राजनीतिमा रहेका थापा आफ्नो पार्टीको सिदान्तलाई चुनौती दिदै गणतन्त्रको माग राखेर उदाएका थीय भने क्षेत्र नं ४ प्रदेस २ मा सदस्यमा उमेदवारी दीयका साधुराम खड्का नेपाली कांग्रेसको राजनीतिमा २०४२ शालको सत्या ग्रहको आन्दोलन देखि सक्रिय खड्का सालिन र बौद्धिक नेताको परिचय बनाएका स्थानीय नेता हुन ।यस क्षेत्रमा राजनीतिका साथ साथै विभिन्न सामाजिक र शैक्षिक गतिविधिमा संलग्न खड्का नेपाली कांग्रेसका लोकप्रिय स्थानीय नेता हुन् ।