0 COMMENTS

काठमाडौँ, १६ कात्तिक०७४/  प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ ।

प्रधानमन्त्री देउवाले निर्वाचनको मुखमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्न निगम व्यवस्थापनलाई निर्देशन दिनुभएपछि निगम सञ्चालक समितिले मूल्य यथावत् राख्ने निर्णय गरेको निगमले जनाएको छ ।

निगम व्यवस्थापनले पेट्रोलियम पदार्थको स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार बुधबार रातिदेखि लागू हुने गरी एलपी ग्यासमा प्रतिसिलिण्डर रु २५, पेट्रोलमा प्रतिलिटर रु दुई र डिजेल तथा मट्टितेलमा प्रतिलिटर डेढ रुपैयाँ मूल्य वृद्धि गरेको थियो ।

सरकारको निर्देशनपछि वृद्धि भएको मूल्य फिर्ता गरी पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।