0 COMMENTS

काठमाण्डाै१६कार्तिक०७४/   काठ्माण्डौ क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्यका लागी हरेराम तिमल्सेनाले पहिलो उमेद्वारी दर्ता गराएका छन ।
युवाहरुको प्रतिनिधित्व गर्दै बिकास प्रेमी जनताका लागि स्वतन्त्र उमेद्वारी भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै उमेद्वारी दर्ता गराउनु भएको बताएका छन् ।

तिमल्सेनाले आफ्ना समर्थक सहितको ठुलो समुहसहित निर्वाचन आयोग पुगेर पहिलो दर्ता गरायका हुन । समाजसेवी , व्यवसायी तथा राष्ट्रप्रेमी नेताको छवी बनाउनु भयका तिमल्सेनाले राजनितिक दलको व्यवस्था प्रति असन्तुष्टि जनाउदै स्वतन्त्र उममेद्धारी दर्ता गराएको बताएका छन्
उनले उमेद्वारी दर्ता गराउदै भने भयो “मेरो उमेद्वारी बालकृष्ण ढुंगेलको वकालत गर्न होइन,रन्जु दर्शनाको जस्तो सोसल मिडियामा छाउन पनि होइन,रबिन्द्र मिश्रको जस्तो पढेलेखेका मात्र कार्यकर्ताका लागि मात्रै पनि होइन ।”
म देश र जनताका लागि स्वतन्त्र भएर उमेद्वारी दिदै छु । तपाईंहरुको साथ र समर्थनका लागि सधै कृयाशिल छु ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।