0 COMMENTS

जितपुर, कपिलवस्तु, १६ कात्तिक ०७४/चौध किलो नशालु पदार्थ (चरेस) सहित दुई व्यक्ति पक्राउ परेका छन् ।इलाका वन कार्यालय गुगौली र इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्ती गर्ने क्रममा आज विजयनगर गाउँपालिका–१ भैसियाबाट कालो रङको १४ किलो नशालु पदार्थसहित सोही गाँउपालिका वडा नं २ का ५५ वर्षीय बिन्तिराम थारु र रोल्पा थवाङका २९ वर्षीय दीपक रोका मगरलाई पक्राउ गरिएको हो । उक्त नशालु पदार्थ चरेस भएको ठानिएको छ ।

इप्रका कृष्णनगरका प्रहरी निरीक्षक सुवासकुमार गैरेका अनुसार विजयनगर गाँउपालिकाको वलैयामा दुईवटा बोरामा हालेर लागुपदार्थ लैजाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । अहिले दुवैजना कृष्णनगर प्रहरी कार्यालयको नियन्त्रण छन् र उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।