0 COMMENTS

कल्पना बोहरा,अछाम १६ कात्तिक/अछाममा १२ ठाउमा मतदान केन्द्र थप भएका छन । जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार मतदाता संख्या एक हजार ६४ भन्दा बढी भएको मतदान स्थलमा मतदान केन्द्र थप गरिएको हो ।

मतदान केन्द्र थप भएकामा मंगलसेन नगरपालिका १ को कुन्ति मावि, मंगलसेन ९ को मंगला आधारभुत बिद्यालय, मेल्लेख ४ को मालिका मावि, मेल्लेख ६ माडिगडाको नन्देश्वरी मावि, मेल्लेख ७ को दुर्गादेवी मावि, बान्नीगढी जयगढ गा.पा. १ को राष्टभाष मावि मतदान स्थल रहेका छन । त्यहाँ मतदान केन्द्र क र ख बनाईएको जिल्ला निर्वाचन अधिकारी प्रमराज भट्टले जानकारी दिनुभयो ।

यस्तै मतदान केन्द्र थप भएका अन्य मतदान स्थलहरुमा बान्नीगढी २ जनालिकोटको अरुणोदय मावि, बान्नीगढी ३ कै सरस्वती मावि, बान्नीगढी ४ तिमिल्सैनको अलकनन्दा मावि, साफेबगर ३ को प्रभाधम्कोट मावि, चौरपाटी १ को जनता मावि र चौरपाटी १ कै सिउडी मावि मतदान स्थल रहेको जिल्ला निर्वाचन अधिकारी भट्टले बताउनुभयो ।

अछाममा कुल जम्मा १ सय २९ वटा मतदान स्थल रहेको र त्यसमध्ये मतदान केन्द्र १ सय ९७ वटा रहेको जनाईएको छ । यस अगि स्थानीय तहको निर्वाचनमा पनी मतदान स्थल १ सय २९ वटै रहेका थिए भने मतदान केन्द्र १ सय ८५ वटा रहेका थिए ।

यस्तै २०७४ भदौ ५ गते सम्म १८ वर्ष उमेर पुगेका मतदाताको संख्या अछाम जिल्लामा १ लाख ३६ हजार ९ सय ३ जना रहेको जिल्ला निर्वाचन कार्यालयका कम्प्यूटर अपरेटर एकेन्द्र बोगटीले बताउनुभयो । जसमध्ये पुरुष मतदाता ६४ हजार ७ सय ७६, महिला मतदाता ७२ हजार १ सय २५ र तेस्रो लिंगि मतदाता २ जना रहेका छन । अछाममा प्रतिनिध सभाका लागि २ र प्रदेश सभाका लागि ४ वटा निर्वाचन क्षेत्र रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।