0 COMMENTS

काठमाडौँ  १५ कार्तिक०७४/ काठमाडौँको कमलादीमा गोली चलेको छ ।प्रहरीका अनुसार कमलादी क्षेत्रमा बुधबार साँझ एक राउण्ड गोली चलेको हो ।महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रविन्द्र धानुकले गोली चलेको कुरा पुष्टि गरेका छन् ।उनले घटनास्थलबाट तीन जना भारतीय नागरिक पक्राउ परेको बताए । पक्राउ पर्नेमा जसवीर सिंह, अरविन्द्र सिंह र देवेन्द्र सिंह रहेका छन् ।कमलादीस्थित हेरिटेज प्जालाबाट अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोलीसहित उनीहरु पक्राउ परेको धानुकले बताए ।

उनीहरुको साथबाट ४ वटा म्यागजिन फेला परेको छ ।कम्पनीहरुका कर्पोरेट कार्यालय रहेको प्जालामा एक राउण्ड गोली चलाए पनि कोही घाइते नभएको प्रहरीले जानकारी दिएको छ ।धानुकका अनुसार उनीहरु प्लाजाको एक रेस्टुरेन्टमा खान गएका थिए । त्यहाँ खानाको बिल धेरै आएपछि वादविवादको क्रममा उनीहरुले गोली चलाएका थिए ।

उनीहरु हिजो सुनवल नाकाबाट काठमाडौँ भित्रिएका थिए । उनीहरु कुन प्रयोजनले नेपालमा हतियार र ठूलो परिमाणको गोली बोकेर आएको हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले रातोपाटीले बतायो।प्रहरीले उनीहरु व्यवसायिक भारतीय सुटर रहेको र नेपालका कसैको हत्याको योजनासहित आएको आशंका गरेको छ।राताेपाटि

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।