0 COMMENTS

भक्तपुर१५कार्तिक०७४/ भक्तपुर निर्वाचन क्षेत्र नंम्बर १ अन्र्तगतको प्रदेशसभा क मा माओवादीलाई टिकट दिन लागेको भन्दै एमालेका असन्तुष्ट कार्यकर्ताले एमाले कार्यलयमा तालाबन्दी गरेका छन् । एमालेका असन्तुष्ट कार्यकर्ताले भक्तपुरको सुर्यविनायकस्थित एमाले कार्यलयमा बुधबार विहान तालावन्दी गरेका हुन् । यसअघि सो क्षेत्रबाट एमालेका हरिशरण लामिछाने सिफारिस भएपनि पछिल्लो समय गठबन्धनको भागबण्डामा माओवादीलाई परेपछि असन्तुष्ट कार्यकर्ता आक्रोशित हुदै तालाबन्दी गरेका हुन् । 

तालावन्दीपछि उनिहरु कार्यालय बाहिर बसेर धर्ना दिइरहेका छन् भने दवाव दिन उपाध्यक्ष बामदेव गौतमको घरमा जाने तयारी भइरहेको बताएका छन् ।
गठबन्धनले सो क्षेत्र कसको भागमा राख्ने भन्ने निर्णय भने गरिसकेको छैन । ललितपुरको भैंसेपाटीस्थित उपाध्यक्ष बामदेव गौतमको निवासमा भक्तपुर लगायत बाँकी क्षेत्रको टुङगो लगाउन बैठक बसिरहेको छ । यसअघि गठबन्धनले भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा निर्वाचनमा नेमकिपालाई टिकट दिने निर्णयको एमालेका असन्तुष्ट कार्यकर्ताले विरोध गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।