0 COMMENTS

काठमाण्डाै१५कार्तिक०७४/ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैद फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेललाई मंगलवार नै जेल चलान गरिएको छ । डिल्लीबजार कारागार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलवार सातदोबाटोबाट पक्राउ गरेलगत्तै जिल्ला अदालतमा प्रस्तुत गर्दै डिल्लीबजार जेल चलान गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेको हो । २०५५ साल असार १० गते रामेछापमा उज्जनकुमार श्रेष्ठको हत्या गरेको भन्दै उज्जनका भाई गणेशले ढुंगेलविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि २०६९ असोज ८ गते उज्जनका भाई गणेशको समेत प्रहरीमा बयान दिएको भन्दै हत्या गरेको अभियोग ढुंगेललाई लागेको थियो । त्यही उजुरी र प्रहरी प्रतिवेदनका आधारमा २०६१ वैशाख २१ गते जिल्ला अदालत ओखलढुंगाले हत्या ठहर गर्दै ढुंगेललाई कैद सजाय हुनुपर्ने फैसला गर्यो । त्यसपछि केही समय बालकृष्ण जेल परेका थिए । २०६३ सालमा पुनरावेदन अदालतले जिल्लाको फैसला उल्ट्याई निर्दोष ठर्हयायो । त्यही फैसलाका आधारमा जेलबाट निस्केपछि ढुंगेल फरार भएका थिए । त्यसपछि सर्वोच्चले २०६६ पुस १९ मा जिल्ला अदालतकै फैसला सदर गरी ढुंगेललाई दोषी ठर्हयाउने जिल्ला अदालतको निर्णय सदर गर्यो ।

त्यसपछि २०७३ साल चैत ३० गते पूर्व न्यायाधीशहरुमाथि ज्यान मार्ने धम्की दिएको भन्दै सर्वोच्च अदालतमा ढुंगेलविरद्ध मुद्धा दायर भएको थियो । त्यसपछि अदालतले २०७३ चैत ३१ गते ढुंगेललाई पक्राउ गर्न आदेश जारी गरेको थियो । मंगलवार प्रहरीले पक्राउ गरेका ढुंगेलले अदालतका अनुसार१२ वर्ष पाँच महिना २२ दिन जेल बस्नु पर्नेछ । जेल चलान हुँदै गर्दा ढुंंगेलले आफूलाई जनयुद्धकालिन मुद्दामा फसाउन खोजिएको भन्दै यसले शान्ति प्रक्रिया भंग हुने चेतावनी दिएका छन् ।

भाईको हत्यापछि निरन्तर न्याय प्राप्तिको लडाईँमा रहेकीसावित्रीलेभने अाफ्नाे माेबाइल फाेनमा बालकृष्ण ढुंगेल पक्राउ परे भन्ने खबर सुन्दा पत्यार लागेन किन भने यस्ताे खबर पहिले पनी अाफुले एक दुर्इ पटक सुनेकाे थीए तेसैले अरूलाइ पनी साेध खाेज गरे तर यस पटक भने खबर  साच्चै हाेे रहेछ उनले खुशी ब्यक्त गर्दै भनीन ।

तत्कालीन विद्रोही माओवादीद्धारा १९ बर्षअघि हत्या गरिएका भाई सम्झिईनन् र मंगलबार नै उनको जन्मदिन थियो ।जन्मदिनमा भाईको हत्यामा संलग्नलाई कारबाही हुनु न्यायनको उपहार पाएजस्तो अनुभव भयो उनलाई । उनले न्याय मरेको रहेनछ भन्ने महसुस गरिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।