0 COMMENTS

काठमाण्डाै१५कार्तिक०७४/ एमाले र माओवादी केन्द्रले दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि क्षेत्र बाँडफाँट टुंग्याएका छन् । प्रत्यक्षतर्फ सिट टुंग्याउन सकस परेका झापा, चितवनसहितका जिल्लामा दुवै दलका शीर्ष नेतृत्वबीच सहमति जुटेको हो ।

सिट बाँडफाँट टुंगिएपछि उम्मेदवारका लागि दलको बैठक मंगलबार रातिसम्म बसेको थियो ।

झापा, चितवन, दाङ्ग, सल्यान, दैलेख र उदयपुरको सिट विभाजनमा समस्या देखिएको थियो । प्रतिनिधिसभाका १२८ र प्रदेशका २५६ सिटमा आगामी मंसिर २१ गते दोस्रो चरणमा चुनाव हुँदैछ ।

चितवन २ बाट एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल उम्मेदवार हुने भएका छन् । सोही क्षेत्रमा दावी गरेका माओवादी केन्द्रका नेता रामबहादुर थापालाई काठमाडौं–१० बाट उठाउने सहमति भएको छ ।

उक्त क्षेत्रबाट यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल उठेका थिए । पहिलो संविधानसभा चुनावमा दाहालले उक्त क्षेत्रबाट जितेका थिए ।

पछिल्लो संविधानसभामा भने कांग्रेसका नेता राजन केसीसँग हारेका थिए । उक्त क्षेत्रमा एमालेबाट प्रस्तावित नेता सुरेन्द्र मानन्धरको नाम भने समानुपातिकमा परेको छ । उनी यसअघि पनि दाहालसँग प्रतिस्पर्धा गरेका थिए ।, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।