0 COMMENTS

काठमाडौं१४कार्तिक०७४/   जिल्ला अदालत काठमाडौंले पूर्व सांसद बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागारमा थुनामा राख्न आदेश दिएको छ ।
अदालतको आदेससँगै ढुंगेललाई कारागार चलान गरिएको बताइएको छ ।मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ढुंगेललाई सातदोबाटो बाट नियन्त्रणमा लिएर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो ।

८ बर्ष अगाडि सर्वोच्च अदालतले ढुंगेललाई एक द्वन्द्वकालीन हत्यामा दोषी ठहर्राएको थियो । ढुंगेलले यस घटनामा आफु निर्दोष रहेको बताउँदै आएका थिए । माअ‍ोवादीले पनि घटना शान्ति सम्झौता अनुसार हल गर्नुपर्ने बतउदै अाएकाे छ ।

 अदालती प्रक्रिया सकेर उनलाई बाहिर निकाल्दै गर्दा मात्र मिडियाको क्यामारामा परेका बालकृण्ण ढुंगेल अदालतको ढोकाबाट निस्कदै गर्दा हात हल्लाउँदै बाहिरिएका थिए ।

उनलाइ   २०६६ सालमा सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय  सुनाएकाे थीयाे अाज साेही अनुरूप   ढुंगेललाई जिल्ला अदालत काठमाडौंले साेही  फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागारमा थुन्न आदेश दिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।