0 COMMENTS

काठमाडौं १४ कात्तिक ०७४ / हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुंगाका उज्जन श्रेष्ठको हत्या गरेको आरोपमा सर्वोच्चले उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

सर्वोच्चले सजाय सुनाए पनि प्रहरीले उनलाई पक्राउ नगरेको भन्दै प्रहरी महानिरिक्षक बिरुद्ध अदालतमा मानहानीको मुद्दा दायर भएको छ ।ढुंगेललाई सीआईबीले ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको बताइएको छ । तर, महानगरीय प्रहरी आयुक्त (एआईजीपी) जयबहादुर चन्दले भने यो घटनाबारे आफुलाई कुनै जानकारी नभएको कुरा बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।