0 COMMENTS

उर्लाबारी, मोरङ, १४ कात्तिक०७४/ मोरङको बेलबारी–१० स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्व आउँदै गरेको ना ६ ख ७२१९ नंको बसले पैदलयात्री झापा कमल गाउँपालिका–५ बस्ने ४४ वर्षीय लोकबहादुर श्रेष्ठलाई सोमबार साँझ ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो ।ठक्कर दिने बस र त्यसका चालक बाराको सिमरा–३ घर भएका ४८ वर्षीय वीरबहादुर लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।