0 COMMENTS

 काठमाण्डाै१४कार्तिक०७४/ निर्वाचन आचारसंहिताको दफा ५ खण्ड (ख) ले मोटरबाटो नभएका जिल्लाका प्रतिनिधिसभा सदस्य उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि चारवटा घोडा प्रयोग गर्न पाउने व्यवस्था गरेको छ ।

सोही दफाअनुसार प्रदेशसभा सदस्य उम्मेदवारले भने दुइटासम्म घोडा प्रयोग गर्न पाउँछन् । तर राष्ट्रिय सडक सन्जालले नछोएका जिल्लाका उम्मेदवार घोडा होइन, आचारसंहिता विपरीत हवाइजहाज चार्टर गरी पार्टी नेता, कार्यकर्ता र मतदाता ओसार्न बाध्य छन् ।

वाम गठबन्धनका तर्फबाट हुम्लामा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका माओवादी केन्द्रका छिमी लामालाई पार्टी कमिटीले काठमाडौंबाट ल्याउनुपर्ने २ सय मतदाताको सूची बुझाएको छ ।

‘सबैलाई जहाज चार्टर गरेर ल्याउन गाह्रै छ’, लामाले भने, ‘अगुवा नेता, कार्यकर्तालाई भने ल्याउनैपर्ने बाध्यता छ ।

उम्मेदवारका लागि सबैभन्दा ठूलो खर्च र टाउको दुखाइ यसैमा छ ।’ शुभेच्छुक मतदाताको पनि ५० प्रतिशत हवाइ भाडा आफूले ब्यहोर्नुपरेको उनी सुनाउ‘छन् । प्रचार सामग्री ओसार्न महँगो हवाइ भाडा खर्चनु छँदै छ ।

उम्मेदवार भन्छन्– चुनावमा उठेपछि एक भोटको पनि माया लाग्दोरहेछ, महँगो हवाइ भाडा तिरेर ल्याउनुपर्दा साह्रै मर्का पर्छ ।,यो खबर आजकोकान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।