0 COMMENTS

काठमाडौं १४ कात्तिक०७४/ आपुर्ति मन्त्रालयले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रालयमा तानेको र नेपाल आयल निगमका कार्यकारी निर्देशकमा निगम कै अर्का  निर्देशक सुशील भट्टराईलाई जिम्मेवारी दिएको छ ।

 ईन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितताको आरोप लागेका खड्कालार्य निगममै राख्दा निगमको हितविपरित कार्य गर्न सक्ने भन्दै मन्त्रालयमा हाजिर गराउने निर्णय भएको हो ।

मन्त्रिपरिषद् निर्णयबाट बर्खास्तीमा परेका खड्का अदालतको आदेशपछि निगममा हाजिर भएका थिए । खड्कालाई तान्ने निर्णय भएको आपुर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।