0 COMMENTS

उदयपुर१३कार्तिक०७४/  उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना१ज ३४०४ नम्बरको सुमो जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिप आज दिउँसो २ बजे कटारी नगरपालिका–११ मा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मृतक मध्ये ७ पुरुष र १ महिला रहेका छन् । उनीहरुको सनाखत हुन बाँकी रहेको छ ।जिप कटारी–११को खाँडी भन्ने ठाउँमा सडकबाट ५०० मिटर तल खसेर थियो ।

दुर्घटनामा चालक र एक महिला तथा एक बालक घाइते भएको पनि प्रहरीले जनाएको छ । उनीहरुको कटारी अस्पतालमा उपचार भइरहेको छ । आजै गुल्मीमा भएको जीप दुर्घटनामा ७ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।