0 COMMENTS

काठमाडौं१३कार्तिक०७४/निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको प्रतक्ष्यतर्फको मतपत्र अलग अलग गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको आदेशअनुरुपआयोगले आइतबार सो निर्णय गरेको हो । अदालतको आधिकारिक पत्र शनिबार आयोगमा आइपुगेको थियो ।

महान्यायाधिवक्ता कार्यालयसँग थप परामर्श गरेपछि आयोग छुट्टाछुट्टै मतपत्र छाप्ने निर्णयमा पुगेको हो । यसअघि अदालतको पत्र नआएको भन्दै दुवै निर्वाचनको मतपत्र एउटै पानामा छाप्ने तयारी आयोगले गरेको थियो ।दुई मतपत्र छपाइसँगै मतपत्र बाकस, छाप लगाउने स्थान, मतदान अधिकृतको व्यवस्था के हुने भन्ने विषयमा भने आयोगले केही खुलाएको छैन ।

आयोगका प्रवक्ता नवराज ढकालले भने निर्वाचन तोकिएकै मितिमा हुने दाबी गरे । आजको नेपाल समाचापत्रमा खबर छ । आयोगको कार्यतालिकाअनुसार कार्तिक १० बाट प्रतक्ष्यतर्फको मतपत्र छपाई शुरु गर्नुपर्ने थियो । तर अन्योलका कारण आयोगले मतपत्र छपाई शुरु गरेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।