0 COMMENTS

 

काठमाण्डाै १२कार्तिक०७४/  विदेशबाट पार्सल पठाएको भनि बिभिन्न ब्यक्तीहरुलाई करोड भन्दा बढी ठगी गर्ने गिरोहका थप १ जना भारतीय नागरिक पक्राउ परेका छन ।फेसबुक मार्फत बेलायती नागरिकको नाममा Profile तयार गरी नेपालका विभिन्न व्यक्तिहरुलाई Friend Request पठाई साथी बनाई विभिन्न वहुमुल्य सामान, बेलायती पाउण्ड तथा अमेरिकी डलर समेत भएको Parcel पठाईदिन्छु भन्ने र सो Parcel भारतको राजश्व कार्यालयमा रोकिएको र उक्त Parcel प्राप्त गर्नको लागि भारत सरकारको नियम अनुसार विभिन्न कर तिर्नु पर्ने भनि IME मार्फत रकम पठाउन लगाई पीडितहरुबाट रकम ठगी गर्ने यस अघि CIB बाट पक्राउ भएका पबन न्यौपाने र प्रदीप सुब्बा बाट नगद लिई हुण्डी मार्फत भारतमा रकम पठाउने कार्यमा संलग्न भारतको उत्तर प्रदेश, गोरखपुर घर भई हाल का.म.न.पा.वडा नं. ३०, डिल्लीबजार बस्ने बर्ष ५६ का भारतीय नागरिक प्रदिप कुमार अग्रवाललाई  डिल्लीबजार, काठमाण्डौबाट पक्राउ गरी  ठगी मुद्दामा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।