0 COMMENTS

 काठमाण्डाै१२कार्तिक०७४/अवैध Bitcoin कारोबार गर्ने Bitsewa.com का संचालकहरु पक्राउ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ बिपरीत  नेपाल राष्ट्र बैंकसँग कुनै ईजाजत नै नलिई बिटक्वाइन जस्ता विधुतीय उपकरण जारी गरी अबैध Bitcoinलगायतका Cryptocurrency को खरिद-बिक्री गरी विदेशी विनिमय समेत कारोबार गर्नका लागि पुरुषोत्तम धर तुलाधर समेत संचालक भई Online प्रविधिको व्यापार व्यवसाय, सूचना सम्प्रेषन एवं सफ्टवयर विकास गर्ने प्रयोजनका लागि भनी बिटसेवा प्रा.लि. नामको को कम्पनी दर्ता गरी www.bitsewa.com “Bitsewa: Nepal First Bitcoin Company and Digital Assets Exchange” नामको वेबसाइट तथा Bitsewa: Nepal’s Bitcoin and Blockchain Company नामको Facebook Page खोली सो मार्फत निश्चित प्रतिशत कमिसन लिई अवैध Bitcoin लगायतका Cryptocurrency को कारोबार गर्ने Bitsewa का संचालक मध्येका पोखरा म.न.पा.वडा नं. १५, रामबजार बस्ने वर्ष ३२ को राम ढकाल-अध्यक्ष, बिटसेवा प्रा.लि, का.म.न.पा.वडा नं. २७, असन बस्ने वर्ष २६ को पुरुषोत्तम धर तुलाधर- कार्यकारी निर्देशक, बिटसेवा प्रा.लि. संञ्चालकहरू लाइ  पोखरा र काठमाण्डौबाट  पक्राउ गरी नीजहरूलाइ  नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम अनुसन्धान कार्य भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।