0 COMMENTS

काठमाडौं१२ कार्तिक०७४/ निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको छुट्टाछुट्टै मतपत्र छाप्ने भएको छ । सर्वोच्च अदालतलाई भने यसबारेको जानकारी सोमबार मात्र दिइने आयोगले जनाएको छ ।आयोग स्रोतका अनुसार सर्वोच्चलाई बुझाउने मतपत्र छपाइको प्रगति विवरण तयार भइसकेको छ ।

यसअघि एउटै मतपत्रको माथिल्लो भागमा प्रतिनिधि सभा र तल्लो भागमा प्रदेश सभाको मतपत्र छाप्ने तयारी गरेको थियो । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर १० र २१ गते हुँदैछ ।

प्रतिनिधिसभा र प्रदेशकाे प्रत्यक्षतर्फ एउटै सिटमा दुई मतपत्र तथा समानुपातिकको अर्को सिटमा दुई तहका लागि मतपत्र डिजाइन गरिएको थियो। एउटै सिटमा हुन नहुने भन्दै राजपाका नेता सर्वेन्द्रनाथ शुक्लले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उनको रिटमा अन्तरिम अादेश नदिएको अदालतले समानुपातिकको मतपत्र एउटैमा भएपनि प्रत्यक्षका लागि पुनर्विचार गर्ने आशयको फैसला गरेको थियो। तर, नेता शुक्लले अदालतको निर्णयको अपहेलना भएको भन्दै अपहेलना मुद्दा दायर गरेका थिए । उक्त मुद्दामामा अदालतले आयोगको जवाफ मागेको थियो। सो फैसलाको जवाफ तयार पार्दै आयोगले दुई मतपत्र छाप्न तयार रहेको जनाएको हो।

आयोगका प्रवक्ता नवराज ढकालले यसबारे बोल्न नमिल्ने भन्दै सोमबार प्रतिवेदन अदालतमा पेश गरेपछि मात्रै आयोगले यसबारेको निर्णय सार्वजनिक गर्ने जनाए । उनले भने, “सम्मानित अदालतको आदेशको मर्म र भावना अनुरुप हामीले जवाफ पठाउँछौं । निर्वाचन प्रभावित नहुने र प्राविधिक ढंगले सम्भव हुने गरी आयोग अगाडि बढ्छ।”
दुई दुई मतपत्र छाप्न असभ्भव भएको प्रतिकृया दिँदै आयोगले महान्यायधिवक्ता लगायतसँगको परामर्शपछि दुबै मतपत्र छाप्ने निर्णयमा पुगेको बताइएको छ ।

निर्णय गर्नुअघि आयुक्त नरेन्द्र दाहालले महान्यायधिवक्ता र कानुनविद् सँग परामर्श गरेका थिए । उक्त परामर्शपछि बसेको आयोगको बैठकले दुबै मतपत्र छाप्ने निर्णय गरेको स्रोतले जानकारी दियो ।

शुक्रबार नै मतपत्र छाप्न सुरु गरिसकेको बताएका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादव चौतर्फी दबाबपछि चुनौतीपूर्ण भएपनि दुई मतपत्र छाप्ने निर्णयमा पुगेका हुन् । उनी जस्तो चुनौती सामना गरेर पनि तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आफू प्रतिवद्ध रहँदै आएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।