0 COMMENTS

झापा१२कार्तिक०७४/   छठपर्वको अन्तिम दिन शुक्रबार बिहान बिर्तामोडको सडकमा उदाउँदो सूर्यको पूजा गरेर फर्किँदै गरेका श्रद्धालुको लर्को थियो। त्यो लर्कोको तुलनामा धेरै सानो संख्याको समूह अर्जुनधाराका सर्वसाधारण गाउँकै एक बालकको हत्याका अपराधीलाई कारबाहीको माग गर्दै चोकतिर आउँदै थियो। यत्तिकैमा बिर्तामोड प्रहरीले जुलुसमा सहभागीलाई मात्र नभई छठका व्रतालुलाई समेत लाठीचार्ज गर्न थाल्यो।

यसरी अन्धाधुन्द लाठी बर्साउने प्रहरीको ज्यादतीले अन्ततः बिर्तामोडलाई दिनभर रणभूमिमै परिणत गर्यो नै प्रहरीको गोलीले एक जनाको ज्यान पनि गयो। धेरै घाइते भए। दुई दिनदेखि बिर्तामोडमा कफ्र्यु लागेको छ। ‘प्रहरीले कुरै नबुझी देखाएको बर्बरता नै बिर्तामोड गोलीकाण्डको मुख्य कारण हो’, यहाँका जनप्रतिनिधिदेखि सर्वसाधारणले समेत यही दोहोर्याइरहेका छन्। ‘प्रहरी खासगरी डीएपी राजकुमार सिलवालले थोरैमात्रै संयम अपनाएको भए यति ठूलो दुर्घटना हुने थिएन’, उनीहरूको भनाइ छ। प्रत्यक्षदर्शी, जिल्लास्थित प्रशासन, जनप्रतिनिधि सबैको निष्कर्ष एकै आउने गरेको छ, घटनाको प्रमुख सूत्रधार नै डीएसपी सिलवाल हुन्। शरीरभरि चोटैचोट लागेको र अण्डकोष काटिएको अवस्थामा हत्या गरिएको अवस्थामा फेल परेका बालकको घटनामा सुरुमा जाहेरी लिन अस्वीकार गरेका डीएसपीले चौतर्फी दबाबपछि जाहेरी त लिए। तर परिवार र आफन्तले अनुसन्धानबारे पटकपटक बुझ्न खोज्दा थर्काउने गरेको पीडितको भनाइ ।नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।