0 COMMENTS

काठमाण्डाै१२कार्तिक०७४/काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले वामगठबन्धन तासको घर जस्तै भएको आरोप लगाएका छन् । शनिबार नेपाल भूतपूर्वक सैनिक संघ लमजुङले बेसीशहरमा आयोजना गरेको बृहत कार्यकर्ताभेला एवं प्रशिक्षण कार्यक्रममा नेता गुरुङले सो कुरा बताएका हुन ।

उनले भने,‘वामगठबन्धन तासको घर हो, एक प्रहार हुने बित्तिकै गर्लम्मै ढल्छ ।’ उनले मंसिर १० र २१ गतेको निर्वाचन पश्चात् वामगठबन्धन भत्कने बताए ।

वामगठबन्धनभित्र रहेका दलहरुप्रति आक्रोशपूर्ण टिप्पणी गर्दै उनले एमालेको ढुलमुले चरित्रले देशले स्थिरता नपाएको जिकिर गरे । ‘एमालेको स्पष्ट विचार र सिद्धान्तनै छैन, उनले भने, ‘सँधै भ्रमको खेतीको आडमा एमाले टिकीरहेको छ ।’

माओवादी केन्द्र बाँदरको पुच्छर रहेको आरोप लगाउदै भने,‘माओवादी हात्तीको पुच्छर हो की भनेर हामीले पनि समात्यौं, हामी पनि भ्रममा रहेछौं, माओवादी बाँदरको पुच्छर पो रहेछ, जस्को न लौरो न हतियार ।’ –

शान्ता कमली/नयाँ पत्रिका

भेलालाई सम्बोधन गर्दैं प्रतिनिधिसभाका उम्मेद्वार दीलबहादुर घर्तीले मुलुक काँग्रेसलेनै कोरेको बिकासका संरचनामै सीमित रहेकाले अब देशालाई सम्बृद्ध र नमुना बनाउन काँग्रेसको नेतृत्व आवश्यक रहेको बताए ।

प्रदेश सभा ‘ख’ का उम्मेदवार कृष्णप्रसाद कोइरालाले देशको लोकतान्त्रिक शासन पद्धतिको निरन्तरताका लागि पनि काँग्रेसले जित्नुपर्नेै बताए । ‘वामगठबन्धनको एउटै मात्र उदेश्य अधिनायकवाद हो, उनले भने, ‘नेपालमा अधिनायकवाद लादेर नेपालीको मौलिक हक खोस्न नदिनका लागि काँग्रेसलाई विजयी गराउन आबश्यक छ ।’

प्रदेश सभा ‘क’ का उम्मेद्वार गर्जबहादुर गुरुङले भुपू सैनिकहरुको सम्मानका लागि आफूलाई काँग्रेसले टिकट दिएको बताउँदै भूपूहरुको इतिहाँस र गरिमालाई विजयी गराउनुपर्ने बताए । ‘हिजो गोर्खाभर्ती बन्द गराउनुपर्छ भन्नेहरु तपाईको घरआँगनमा भोट माग्न आउँदैछन, उनले भने, ‘भाषणमा गोर्खाभर्ती बन्द गर्नुपर्छ भन्नेहरुका सन्तती व्यवहारमा भने भत्र्तिकै लागि लामबद्ध भएका छन् तपाईहरु होसियार बन्नुहोला ।’

उनले आफूले भूपू सैनिकको समस्याहरुको समाधानका लागि लामो समयदेखि काम गर्दै आइरहेको स्मरण गराउँदै भूपूसैनिकहरु प्रति काँग्रेसले गरेको सम्मानको कदर गर्दै आफूलाई बिजयी बनाउन आग्रह गरे ।

कार्यक्रममा पूर्वस्वास्थ्य सहायकमन्त्री रामचन्द्र अधिकारी, पूर्वजलस्रोत मन्त्री रामबहादुर गुरुङ, काँग्रेस जिल्ला सभापति भेषबहादुर पौडेल, पूर्वसभापति शंकरकान्त जोशीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।