0 COMMENTS
-डा.सुरेन्द्र सिटाैला

म सानै छदा ,
मेरा बाबाले लड्ने गरेको ,
दैनिकी लडाइ ,
मलाइ वाहियात लाग्थ्यो ।
बेढङ्गी युद्धको ,
हतास र हैरान देखेर ,
रिस पनि उठ्थ्यो ।

बिहान भालेको डाक संगै उठेर ,
साझ पर्दा सम्म ,
उनी एक्लै युद्ध लड्थे ,
जति युद्ध लडे पनि ,
युद्धका अभिलाषाहरु ,
धेरै जसो युद्धमै मर्थे ।
अनि बाबा खुइया गर्दै ,
साझ परे पछि ,
घरको पेटिमा बसेर ,
निधारका पसिना पुछ्ने गर्थे ।

मलाई थाहा छ ,
पारिबारिक पिडाको बोझले ,
दुब्लाएका ख्याउटे मेरा ,
बेढङ्गे बाबा ,
फाटेको टोपीले पसिना पुछ्दै ,
म स्कुल बाट घर फर्किदा ,
गौरबपुर्ण हासो ,
परिबारलाइ पस्किने गर्थे ।
अनि म बिरामी पर्दा ,
धामी झाक्री गुहार्दै ,
मेरा बेढङ्गे बाबा ,
मेरो मृत्यु संग ,
बिना सरोकार ,
आत्तिएर रुदै झस्किने गर्थे ।

ठुलो भए पछि चाल पाए ,
मेरा बेढङ्गे बाबाको ,
पसिनाको स्वप्नमा ,
मेरै खुसिको पुर्णिामा ,
लुकेको रहेछ ।
बाबाले छोडेको ,
बिरासतको यथार्थताले ,
झस्काउन थाले पछि ,
थाहा भो ,
मेरै ज्ञानको अज्ञान पो ,
साच्चै चुकेको रहेछ ।

बाबाको ज्ञानलाई ,
मरो अज्ञानले पराजित गर्दा ,
पराजयको गर्भमा ,
विजयको उत्सव मनाउने ,
मेरा बेढ्ङ्गी बाबालाइ ,
अब म भेट्न पाउदिन ।
बुझे बल्ल मैले कुरा ,
मेरो छोराले मलाइ ,
बेढङ्गी भन्न थाले पछि ,
अब म मेरा बाबालाइ ,
बेढङ्गीको फत्तुर लाउदिन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।