0 COMMENTS

मलेखु, धादिङ, ११ कात्तिक ०७४/ राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस आज बिहान ५ बजेतिर त्रिशूली नदीमा खसेर हराएको छ ।

खचाखच यात्रु लिएर आएको बस गजुरी गाउँपालिकाअन्तर्गत घाटबेँसीको मोडबाट त्रिशूली नदीमा खसेर हराएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताउनुभयो । बिहान अँध्यारामै गाडी नदीमा परेपछि गाडीको झ्यालबाट नदीमा परेका १३ घाइते यात्रुलाई स्थानीयवासी र प्रहरीले उद्धार गरी गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचारका लागि पु¥याएका छन् । गाडीबाट पानीमा झरेका दुई जना पौडी खेलेर बाहिर निस्किएपछि सम्पर्कविहीन भएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिनुभयो ।

घाटबेँसीको बाङ्गेस्थित दुर्घटना भएको सो स्थानमा त्रिशूली नदी सडक किनार छेउमा आएको र बाटो घुमाउरो भएकाले रात्रि बसले धेरै गतिका कारण नियन्त्रणमा लिन नसकेर नदीमा परेको हो । गाडीमा भएका यात्रु र तिनको अवस्थाका बारेमा जानकारी हुन सकेको छैन । प्रहरीले गाडीको नंसमेत नखुलेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।