0 COMMENTS

 काठमाण्डाै ११कार्तिक०७४/ माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन सुनिश्चितताको लागि सरकार नछाडेको बताएका छन्। आफु प्रधानमन्त्रीमा बहाल रहेकै समयमा पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरेको र आसन्न प्रदेश र प्रतिनिधी सभाको चुनाव पनि सम्पन्न गराउन सरकारमा बसेको उनको भनाई छ।

‘चुनाव जसरी भएपनि गर्नुपर्छ,’ उनले भने, ‘चुनावकै सुनिश्चितताको लागि सरकारलाई समर्थन गरेका हौँ, मनोनयन दर्तापछि हेरफेर गर्न सकिन्छ।’ शुक्रबार प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चुनाव हुनेमा अब कुनै आशंका नरहेको उनले बताए। निर्वाचन आयोगले पनि सोही अनुरुपको तयारी गरिरहेको उनले बताए।

मुलुकमा अस्थिर राजनीतिबाट गुज्रिरहेको समयमा पनि आफु छोटो समयमा लागि प्रधानमन्त्री बन्दा उल्लेखनीय कार्य गरेको स्मरण गर्दै दाहालले अबको निर्वाचन पश्चात मुलुकले राजनीतिक स्थायित्वको सरकार पाउने बताए। ‘म नौ महिना प्रधानमन्त्री बन्दा, स्थानीय तहको निर्वाचन सम्पन्न गराएँ,’ उनले भने, ‘मुलुकको विकासका लागि राजनीतिक स्थायित्व जरुरी छ र निर्वाचन कुनै पनि हालतमा हुनुपर्छ।’

खास समयमा खास नेताले ठोस निर्णय गर्नसके मुलुकले गति लिने पनि उनको भनाई थियो । ‘गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री रहेको समयमा संविधानसभाको चुनाव नगराएको भए अहिलेसम्म पनि संविधान आउँदैनथ्यो, त्यतिबेला उहाँले नेपाली कांग्रेस हार्ने जान्दाजान्दै पनि चुनाव गराउनुभयो, उहाँको पार्टी हार्‍यो तर जनताले जिते’, उनले थपे ‘मैले स्थानीय तहको चुनावमा पनि आफ्नो पार्टीको परिणामको बेवास्ता गरेर चुनाव गराएकै कारण जनताले अधिकारसम्पन्न स्थानीय तह पाएका छन् ।’ मुलुकलाई अगाडि बढाउन अर्जुनदृष्टि लिएर लाग्नुपर्ने उनको सुझाव थियो। नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।