0 COMMENTS

चरीकोट, १० कात्तिक ०७४/ दोलखाको बिगु गाउँपालिका–१ जगतमा कात्तिक १ गते फुटबल खेलमा बिवादहुदा  दुई युवा पक्षबीच झडप  भएको छ । झडपमा गम्भीर घाइते भएका २८ वर्षीय सरोजध्वज कार्की मृत्यु भएको छ ।

कार्कीको काठमाडाैँ  को ट्रमा सेन्टरमा उपचार भइरहेको थियो । कार्कीको आज १० दिनपछि उपचारका क्रममा निधन भएको हो । घटनामा संलग्नमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो ।कार्कीको हत्यामा संलग्न बिगु गाउँपालिका–२ ओराङका २८ वर्षीय विमल आचार्य र २२ वर्षीय महेश्वर आचार्यलाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।