0 COMMENTS

काठमाडौँ, १० कात्तिक०७४/  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोगले तयार पारेर कार्यान्वयनमा ल्याएको तालिकानुसार प्रत्यक्षतर्फको मतपत्र छपाइ शुरु भएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले यहाँ आज आयोजना गरेको अन्तरक्रियामा उहाँले भन्नुभयो, “पहिलो चरणमा हुने समानुपातिकतर्फको मतपत्र छापेर सकिएको छ, प्रत्यक्षतर्फको मतपत्र छपाइ आजबाट शुरु भयो ।

डा यादवले मतपत्र सम्बन्धित विज्ञसँग छलफल गरेर तयार पारिएको स्पष्ट गर्नुुभयो । उहाँले भन्नुभयो, “प्रत्यक्ष र समानुपातिकको आधारमा दुई मतपत्र हुन्छ, प्रत्यक्षमा पहिलो ‘क’ खण्डमा प्रदेशसभा र ‘ख’ खण्डमा प्रतिनिधिसभा हुन्छ ।”

डा आयुक्तले राजनीतिक दल र सुरक्षा निकायबाट निर्वाह भएको भूमिका सरहानीय रहेको उल्लेख गर्दै मंसिर १० र २१ गते हुने निर्वाचनका लागि उच्चस्तरको सुरक्षा प्रबन्ध भएको विश्वास दिलाउनुभयो ।

उहाँले निर्वाचनसम्बन्धी अदालतको आदेश अहिलेसम्म आयोगले प्राप्त गरेको छैन भन्दै मतपत्र छपाइ नरोकिने र निर्वाचन निर्धारित समयमै हुने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।