0 COMMENTS

सुरुङ्गा, झापा, १० कात्तिक०७४/ अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले प्रदर्शन गरेका छन् ।

प्रहरी र प्रदर्शनकारीबीच झडप प्रहरीले दर्जनौंँ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । शनिश्चरे रोडबाट निकालिएको ¥याली विर्तामोडको मुक्ति चोक पुगेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको थियो । स्थानीयवासी थप आन्दोलित भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

दशैंँको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा– ११ का शिवाकोटीको शव त्यसको भोलिपल्ट विर्तामोड– १ वैैसावाडी स्थित झाडीमा फेला परेको थियो । विर्तामोड– ५ का सुरेश पोखरेललगायतले हत्या गरेको भन्दै मृतकका काका विष्णुप्रसाद शिवाकोटीेले पोखरेल परिवारका आठजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।

प्रहरीले आरोपितलाई कारबाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले आज विर्तामोड बन्द गरेका थिए । प्रहरी उपरीक्षक विष्णु केसीले प्रहरीले भीड नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको बताउनुभयो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।