0 COMMENTS

 ललितपुर१० कार्तिक०७४/ललितपुरकाे गोदावरी नगरपालिका वडा नं.- ८ का निर्वाचित वडा अध्यक्ष सुकबहादुर लामाको नेतृत्वमा वडाका सम्पूर्ण जनप्रतिनिधि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। बिहीबार बेलुका लाजिम्पाटमा आयोजित कार्यक्रममा स्वतन्त्ररुपमा उठेर वडाध्यक्षमा निर्वाचित लामा तथा वडा सदस्यहरु आत्मराम खड्का, राजकुमार दनुवार, विन्दु तामाङ, चनमति सुनुवार, नगर सदस्य सरोज दनुवार लगायतका माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पार्टी प्रवेश गर्दै लामाले भने, ‘स्थानीय तहको निर्वाचनमा हामी कुनै पार्टीमा नलागी चुनाव लडेका थियौं।

मसहित सबै वडा सदस्यहरुले स्वतन्त्र उम्मेद्वारका हैसियतले चुनाव लड्यौं र जित्यौं। अहिले माओवादी केन्द्रको नीति, कार्यक्रम र योजनाबाट मात्रै स्थानीय तहलाई नमूनायोग्य बनाउन सकिन्छ भन्ने विश्वासका साथ माओवादी केन्द्रमा आएका छौं।’ पार्टी प्रवेश गराउँदै पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र उम्मेद्वारका हैसियतले निर्वाचन जित्ने कुरा सामान्य नभएको भन्दै माओवादी पार्टीको नीति र योजनाबाट मात्रै स्थानीय तहका जनप्रतिनिधिले जनचाहनाअनुरुप काम गर्नसक्ने बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।