0 COMMENTS

चितवन १०  कात्तिक ०७४/चितवन प्रहरीले ११ वर्ष र छ वर्षका बालिकाहरुलाई बलात्कार गरेको आरोपमा दुईजना व्यक्तिलाई पक्राउगरेकाे छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पक्राउ पर्ने एकजना ५२ वर्ष र एकजना २२ वर्षका छन्। आरोपितहरुलाई थुनामा राखेर अनुशन्धान गर्न चितवन जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) शिव शर्मा आचार्यका अनुसार बलात्कारको घटना भरतपुर र माडीमा भएको थियो । प्रहरीले ११ वर्षीया बालिकालाई ‘जबरजस्ती करणी’ गरेको आरोपमा माडी नगरपालिका वडा नं। ८ का २२ वर्षीय सुरेश भन्ने चिजबहादुर गुरुङलाई  उक्राउगरेकाे  डिएपी शर्माले बताए । घटना कात्तिक २ गते बेलुकी भएको थियो । गुरुङ पाँच गते उक्राउपरेका हुन्।

त्यस्तै कात्तिक ५ गते बेलुकी छ वर्षीया बालिका लाई ‘जबरजस्ती करणी’ गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका वडा नं। ५ का ५२ वर्षीय देविप्रसाद अधिकारीलाई उक्राउ गरेकाे छ। अधिकारी सोही दिन गिरफ्तार भएका हुन्। दुवैजनालाई तत्कालका लागि पाँच दिन हिरासतमा राखेर अनुशन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको डिएसपी शर्माले बताए।

अदालतले पटक पटक गरेर २५ दिनसम्म हिरासतमा राखेर अनुशन्धान गर्न प्रहरीलाई अनुमति दिन सक्ने कानुनी प्रवधान छ । २५ दिनभित्र प्रहरीले अनुशन्धान पुरा गरेर आरोपितविरुद्ध मुद्दा चलाउन सक्छ। प्रहरी अनुशन्धानको आधारमा अदालतले तत्काल मुद्दा दायर गरे पनि उनीहरु दोषि हुन वा होइनन् भन्ने किटान गर्न दुवै पक्षको बहस सुनेर फैसला गर्ने परिपाटी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।