0 COMMENTS

काठमाण्डाै१०कार्तिक०७४/बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधनको क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहको अभिव्यक्तिमाथि टिप्पणी गरे ।

एमाले अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कटाक्ष गर्दै १६ गते उम्मेदवार मनोनयनको समय रहेको बताएका हुन् ।तिहारका अवसरमा पूर्वराजा ज्ञानेन्द्रले ‘नेतृत्व लिन तयार रहेको’ भनी अभिव्यक्ति दिएका थिए ।‘ज-जसलाई नेतृत्व लिन मन छ । १६ गते समय छ । मनोनयन गरे भै गो नि !,’ ओलीले भने । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

भाइटीकाको दिन पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले जिम्मेवारी दिए नेतृत्व लिन तयार रहेको अभिव्यक्ति दिएका थिए ।‘एउटा जिम्मेवार नागरिकको हैसियतले मलाई देशको चिन्ता र चासो हुनु स्वभाविकै छ’, पूर्वराजा ज्ञानेन्द्रले भने, ‘अब समय आए जस्तो छ, जनताले जिम्मेवारी दिए म नेतृत्व लिन तयार छु। तर, सबै जनताको इच्छा हुनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।